सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकका माओवादीले बृहत बनभोज कार्यक्रम गर्ने

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य ,नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको मिलन गराउने उदेश्यले नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले बैशाख १५ गते शनिवार एक बृहत वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
भक्तपुरको सल्लाघारीमा रहेको च्वःखा गणेश मन्दिर रहेको पिकनिक स्थलमा आयोजना गरिएको कार्यक्रममा सिन्धुपाल्चोकका प्रभावशालि माओवादी नेताहरु अग्नि प्रसाद सापकोटा ,माधव सापकोटा(सुबोध),युवराज दुलाल(शरद),सरल सहयात्री ,अमृता नेपाल लगायतका नेताहरुको उपस्थिति रहने आयोजक पक्षले जानकारी गराएको छ ।
सिन्धुपाल्चोकका अधिकांश युवा ,विद्यार्थि तथा पार्टीमा आस्था राख्ने शुभ चिन्तकहरु काठमाडौंमै बसोबास गर्ने भएकोले जिल्लाका नेता हरुसंग अन्तरकृया गर्ने अवसरको रुपमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
कार्यकर्ता तथा शुभचिन्तकहरुको प्रश्नै प्रश्न तथा मनमा भएका असन्तुष्टिहरुलाई आफ्ना जिल्लाका नेताहरुको बिचमा राख्न सक्ने गरि कार्यक्रमलाई मनोरन्जनात्मक र उपलब्धि मुलक बनाउन आवश्यक तयारी पुरा भएको कोष ब्यवस्थापनमा लागेका कोषध्यक्ष सुदर्शन लम्साल तथा ब्यवस्थापकिय संयोजक महेशलाल श्रेष्ठले बताएका छन् ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन स्वयंसेवक संयोजन देवराज बस्नेत र गोकुल दंगालले गर्ने भएका छन्भने सुवास लामा र ज्ञानसिं वाइबाले साउण्ड तथा कलाकार ब्यवस्थापन गर्ने छन् त्यस्तै औपचारीक कार्यक्रम सचिव तोक बहादुर गधराज (तोकेन्द्र)ले संचालन गर्ने छन् भने अनौपचारीक तथा मनो रन्जन र खेलकुद सम्बधि कार्यक्रम क्षेत्र नं १का ईन्चार्ज सुवास लामाले गर्ने छन् ।
कार्यक्रममा अतिथिहरुको ब्यवस्थापनमा सिपि नेपाल ,क्याटरिङ महेशलाल श्रेष्ठ र सुचना तथा संचार डि.बि.पराजुलीले हेर्ने निर्णय समेत भएको छ ।
कार्यक्रममा हुने खेलकुद सम्बन्धि सबै खेलको पुरस्कारको प्रायोजन खुसी ईन्डष्ट्रिज प्रा.लि. को उत्पादन रहेको माईती ब्राण्डको लिक्युइड डिस वासले गर्ने छ भने अन्य ब्यवसायीक संस्थाहरुलाई पनि यो कार्यक्रममा प्रयोजन गर्न सकिने ब्यवस्था मिलाईएको छ ।
कार्यक्रममा सिन्धुपाल्चोकका करिब ६०० भन्दा बढी नेता कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति रहने आयोजकले आँकलन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »