सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी मेरो संसार” बोलको गीतमा एकैपरिवारलाई अभिनय गराएका छन् । यो गीतको भिडियो अधिकारी आफैंले निर्देशन गरेका हुन् ।
नित्याशिवाको स्वर, बाबुल गिरीको संगीत, राजिव शाहको मास्टर मिक्सिङ र एरेन्ज रहेको “आमा तिमी मेरो संसार” बोलको गीतको भिड्यो राजन श्रेष्ठ अफिसियल च्यानल बाट रिलिज गरिएको हो ।
कथामा आमा बाबा लाई बृद्धाश्रम लगेर छोडने प्रवृती लाई उतारिएको छ । भिडियोमा गायिका नित्याशिवा, भिडियो सम्पादक ॐ खड्का , सुनिता कोइराला , आमाको भुकिमा गायिका नित्याशिवाकै आमा माया कटुवाल बैनी सुनिता कोइराला र छोरी दिप्सिका कोइराला, सजिना लामिछाने र भिडियो सम्पादनमा २ दशक काम गरेका अर्जुन पोखरेलको पनि अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »