सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतको राजस्थानमा पुजारीलाई जिउँदै जलाइयाे,

भारतको राजस्थानमा जग्गाकाे विवाद हुँदा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ।

बीबीसी हिन्दीका अनुसार राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको हो।

जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ।

करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको उनले बीबीसीसँग बताएका छन्। बाँकी आरोपितको पनि खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।

जग्गा विवादका क्रममा ती पुजारीको हत्या भएको उनले पुष्टि गरेका छन्। विवादबारे दुवै पक्षले प्रहरीलाई जानकारी नदिएको र घटना अचानक भएको प्रहरीको दाबी छ।

एजेन्सीकाे सहयाेगमा

भर्खरै

सम्बन्धित खबर

Language »