सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युद्धग्रस्त अवस्थामा गाजाको २७ बालबालिकाको कुपोषणका कारण मृत्यु

काठमाडौं । उत्तरी गाजाको कमाल अद्वान अस्पतालमा चिकित्सकीय उपकरणहरू निरन्तर बजिरहेका छन्। तीसँगै शिशु र अन्य बालबालिकाको रोदन सुनिन्छ।

कुपोषण र पानीको कमीका कारण बिरामी परेका उनीहरूलाई बचाउन स्वास्थ्यकर्मीहरू सङ्घर्षरत छन् तर बेलाबेला उनीहरू निराश बन्छन्।

विगत पाँच महिनादेखि युद्धमा रहेको गाजा क्षेत्रमा कुपोषणकै कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्य भिडिओमा देखाइएका बालबालिकाको खाना र पानीका कारण मृत्यु भएको पुष्टि भएको छ।

गाजाको उत्तरी क्षेत्र भोकमरीको सँघारमा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। तर इजरेलले भने पर्याप्त सहायता सामग्री उपलब्ध भए पनि राष्ट्रसङ्घीय निकायले प्रभावकारी वितरण नगरेको आरोप लगाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »