सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजार घट्दा पनि सर्वोत्तमसहित ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूह २.५ प्रतिशत बढ्यो भने ब्यापार समूह ०.०८ प्रतिशत बढ्यो ।

बैंकिङ १.९, विकास बैंक १४, फाइनान्स १०, होटल तथा पर्यटन ३०, हाइड्रोपावर ८.९, जीवन बीमा ५३, निर्जीवन बीमा ०.३, अन्य ११ र उत्पादन समूह ९९ अंक घटे ।

४ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा पुगेको छ । धौलागिरी लघुवित्तको मूल्य ९, गणपति लघुवित्तको ८ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य ९.३ प्रतिशत घट्यो । भगवती हाइड्रोपावरको ६.६, रिलायन्स फाइनान्सको ३.७ र नेपाल फाइनान्सको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

भर्खरै

सम्बन्धित खबर

Language »