सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रालय सम्हाले लगतै देशमा केहि न केहि नयाँ कामहरु हुने गरेका छन् । अघिल्लो कार्यकालमा देश भरका क्रसर बन्द गराएका उनले यसपालि भने काठमाडौंको ठमेल र दवारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने गरि ब्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ ।
सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख ) भित्रै खुला हुन्छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।
काठमाडौँ प्रशासनले जनाए अनुसार हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »