सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मोदीजीसँग के कारणले भेट भएन मलाई पनि थाहा छैन’: अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ । भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचेअनुरुप नै सफल भएको बताएका छन् ।

त्रिभुवन विमानस्थलमा उत्रिएसँगै सञ्चारकर्मीमाझ आफ्नो तीनदिने भारत भ्रमणमा भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका अधिकारीहरूसँग आफूले भेट गरेको उनले बताए ।

‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो । थिंक ट्यांकको कार्यक्रम थियो । सीमा सम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरू भए । खाद्यान्नका, डुबानका विषयमा कुरा भए, उनले भने, ‘म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरू केही सहज हुन्छ भन्ने लागेको छ । हामीले पनि उहाँहरूका पार्टीका नेताहरूलाई बोलाओस् भन्ने प्रस्ताव छ । यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरू पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा किन रोकियो भन्नेबारे आफूलाई केही जानकारी नआएको उनले बताए ।’ मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,’ उनले भने ।

भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेस नेतृ आरजु राणासँगको भेटमा स्वास्थ्य उपचारको कामना गरेको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »