सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोरङमा एकै परिवारका १४ जनामा काेराेना सङ्क्रमण

मोरङ । मोरङको रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको सङ्क्रमण भेटिएको छ ।

कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिनुभयो ।

केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमुना सङ्कलन कार्य भइरहेको उहाँको भनाइ छ ।

मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाण्डौ हुँदै रङ्गेली घर आएका थिए । नगरपालिकाका अनुसार झण्डै एक महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् ।

त्यसैगरी रङ्गेली अस्पतालको आकस्मिक सेवाबाहेकका सबै सेवा अर्काे सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »