काठमाडौँ / २० असार
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो समाचार तयार पार्दा सम्म विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार ०६४ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमितको संख्या एक करोड ११ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितको संख्या १ करोड ११ लाख ८९ हजार ३८८ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।