सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संविधानको पुर्ण रुपमा कार्यान्वयन गरौं :पुर्व कानुन मन्त्री तामाङ

काठमाडाैँ । पुर्व कानुन मन्त्री एबम सिन्धुपाल्चोक क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङले नेपाली जनताको बलिदानिबाट प्राप्त उपलब्धि “गणतान्त्रीक नेपालको संबिधान २०७३” को रक्षा गर्नका लागि संविधानको पुर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने बताउनु भएको छ । संविधान आफैंमा परिवर्तनशिल दस्ताबेज भएकोले बाझिएका धाराहरुको क्रमश संसोधन गर्दै सम्पुर्ण नेपालीहरुलाई अधिकार सम्पन्न बनाउदैं लैजानु पर्ने बताउनु भएको छ ।

काठमाण्डौ जिल्लाको उत्तर पश्चिमी क्षेत्रको माकलबारीमा लामो समयसम्म सामाजिक क्षेत्रमा क्रियाशिल माकलबारी टोल सुधार समितिद्वारा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो बिचार ब्यक्त गर्नु भएको हो। सो कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष एवं स्थानीय समाजसेवी पेमा छिरि शेर्पाले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष शेर्पाले करिब १६००० नेपाली जनताको बलिदानिबाट निर्मित संविधानको पुर्ण रुपमा कार्यन्वयन गर्दै सबै जात जाती भाषा भाषिको अधिकारको सुनिश्चितता हुनु पर्ने माग राखेकाे थियाे ।

कार्यक्रममा जय मल्टिपल कलेजका भवानी पौडेल ,ब्यबसायी एवं समाजसेवी बिष्णु लामिछाने,तुलसी पौडेल ,निर्मल बन्जारा,टि.आर.नेपाल लगायत बिभिन्न महिला समुहहरुका साथै विभिन्न सामाजिक संस्थाहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »