सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी विद्यार्थी युनियन बाँकेकाे प्रशिक्षण तथा होलि मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज, समाजवादी विद्यार्थी युनियन, जिल्ला समिति बाँकेको भेला प्रशिक्षण तथा होलि मिलन कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

जिल्ला इन्चार्ज बिबेकराज भट्टराईको संयोजकत्वमा आयोजित भेलाले सवियु, बाँकेको संयोजकमा निश्पक्ष जंग शाह र सह-संयोजकमा इमरान जरगर लगायत २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गर्दै सम्पन्न भएको हो ।

उक्त भेला प्रशिक्षण तथा होलि मिलन कार्यक्रम सवियुका केन्द्रिय उपाध्यक्ष टंक धमलाको प्रमुख आतिथ्यता एवम् जसपा केन्द्रिय सदस्य हिक्मत बि.क, जसपा जिल्ला उपाध्यक्ष द्वय राजन राना मगर र बुद्ध सुनार, सचिव राजेन्द्र विश्वकर्मा,जसपा नेपालगन्ज उ.म.न.पा. अध्यक्ष श्रवण यादव, जनता समाजवादी पार्टी नेपाल वडा ११ इकाई समितीका सचीव इमरान जसगढ,लगायतका नेताहरूको विषेश आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलाले समाजवादी विद्यार्थी आन्दोलनलाई अगाडी बढाउने सन्दर्भमा विभिन्न निर्णयहरु समेत गरि होलिको शुभकामना आदानप्रदान गर्दै सम्पन्न गरिएको सवियु जिल्ला इन्चार्ज बिबेक राज भट्टराईले बताए ।

उनले शिक्षा क्षेत्रमा देखिएको विभेदको नीति र कर्मकाण्डिय शिक्षा प्रणाली परिवर्तन गर्न अति आवश्यक देखिएको र विद्यार्थी आन्दोलनको गति पनि एकदमै मन्द भएको अवस्थामा सवियुले आफ्नो ऊर्जाको पुनर्ताजगी गर्दै आन्दोलनलाई बृहत् ढंगले शुरूवात गरिने समेत बताए ।

यसै सँगसँगै समाजवादी विद्यार्थी युनियनले संगठन विस्तार एवम् सुदृढीकरणका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »