सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुमन सायमी को गिरफ्तारी पछि अझ पेचिलो बन्दै बालाजु बाईपास आन्दोलन

काठमाण्डौ । बालाजु बाईपासमा  बन्न लागेको सुचनाकेन्द्र को लागी लगाईएको जस्ता र बाँसको बार आफ्नो जग्गामा परेको भन्दै भत्काउन पुगेका मध्य ६ जना स्थानियलाई प्रहरीले गिरफ्तार गरेपछि उनिहरुको अवस्था बुझ्न महानगरीय प्रहरी बृत बालाजु पुगेका  उपत्यकाब्यापि सडक पीडित शंघर्ष समितीका अध्यक्ष सुमन सायमी लाई प्रहरीको कम्पाउण्ड भित्रैबाट गिरफ्तार गरेर मुद्धाचलाउने तयारी गरेपछि  त्यस क्षेत्र  को आन्दोलन अझ पेचिलो र ब्यापक बनाउने तयारी भएको श्रोत ले बताएको  छ  ।

पक्राउ परेका पिडीतलाई भेटघाट गर्ने  क्रम मा  नेवारी भाषा प्रयोग  नगर्न  प्रहरीले दवाब दिएको र  नमान्दा अध्यक्ष सायमी लाई पक्राउ गरेको भन्दै अभियन्ताहरुले प्रहरी प्रशाशन को  चर्को बिरोध गरेका छन्।  प्रहरीले भने नियन्त्रणमा रहेका थुनुवा हरु संग कुराकानिगर्दा त्यहाँरहेको ड्युटी ले बुझ्ने भाषाप्रयोग गर्न  अनुरोध गर्दा उल्टै प्रहरीमाथि गालि गलौज गरेपछि झडप को  स्थितिलाई साम्यपार्न २ जनालाई नियन्त्रण मा लिएको  जनाएको छ ।

पिडित र अभियन्ता हरुको गीरफ्तारी को बिरोधमा फागुन १४ गते माईतीघर मण्डलामा  बृहद आन्दोलन गरीने जानकारी एक बिग्यप्ती  मार्फत दिईएको छ  । सुमन सायमी को गिरफ्तारीको  बिरुद्धमा  सडक पिडीत हरु को अलवा उपत्यकाका  नेवा अभियन्ता हरु ,नेवा संगठन हरु तथा  नागरीक आन्दोलन ले समेत आवाज उठाएकोले माईतीघरमा हुने भनिएको आन्दोलन अझ पेचिलो हुने  अभियन्ता हरुको  दावि छ  ।

लामो समयदेखि बिवादित बन्दै आईरहेको यो बिषयले त्यहाँका अन्य बासिन्दाहरु भने साँचै मारमा  परेका छन् । हिउँदमा धुलो र  बर्षामा  हिलो  को कारण त्यस क्षेत्र हरसमय अस्तब्यस्त रहने भएको  ले ब्यापार ब्यबसाय  र आमनागरिकको स्वास्थ्यमा समेत गंभिर असर परेको स्थानियहरु बताउछन्।

केहि समयदेखि अदालतको  निर्णय कुरेर बसेको यो स्थानमा  यसरी आन्दोलन चर्काउन  उपत्यकाब्यापि सडक पिडीत  शंघर्ष समितीका अध्यक्ष सुमन सायमि र  प्रगतीशिल नागरीक मन्च का अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ ले भुमिकाखेलिरहेको केहि ब्यक्ति हरुले आरोप समेत  लगाएका  छन्। उनिहरु भने यो  कुरा मान्न तयार छैनन्। आफुहरुले कोहि कसैसंगपनि ब्यक्तीगत लाभका लागी र दुश्मनिकालागी आन्दोलन नगरेको यो त बिधि र  प्रकृया लाई मिचेर अगाडी बढ्न  खोज्दा यस्तो भएको बताउछन्।

सहमतीको आधारमा सडक पिचगर्न र पिडीतलाई न्याय दिने कुरामा अगाडी बढ्ने हो  भनेआफुहरु हदैसम्म  लचिलो हुन  पनि तयार रहेको  अभियन्ता हरु बताउछन्।

भर्खरै

सम्बन्धित खबर

Language »