सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३ शव सहित खाडीका दुई मुलुकबाट ३ सय १० नेपाली काठमाडौं ओर्लिए

काठमाडौं / असार ८

विदेशमा रहेका नेपालीहरु फर्कने क्रममा आज मध्यपूर्व (खाडी) का दुई मुलुकबाट ३ सय १० जना काठमाडौं आइपुगेका छन् । जसमा ३ नेपाली कामदारको शव समेत आएको छ ।

बहराइनबाट नेपाल एयरलाइन्सको आरएनए २३७६ विमानमार्फत १ सय ५० जना नेपाली कामदार स्वदेश फर्किएका हुन् भने कुवेतबाट जजिरा एयरलाइन्समार्फत १ सय ६० जना नेपाली आएका छन् ।

कुवेतबाट आएका सबै १ सय ६० यात्रु महिला मात्र रहेका छन् । बहराइनबाट ३ नेपाली कामदारको शव पनि काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

आज स्वदेश फर्किएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सम्बन्धित गृहजिल्ला पठाइने भएको छ । उनीहरुलाई विभानस्थलबाट काठमाडौँको विभिन्न स्थानमा बनाइएको होल्डिङ सेन्टरमा लगिनेछ । बहराइनबाट आएका ३ जनाको शव भने विमानस्थलमा नै आफन्तलाई बुझाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »