सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जङ्गली जनावरलाई थापेको करेन्टमा परेर दाजुभाइको मृत्यु, बुबा गम्भीर घाइते

दाङ। जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका १ काे हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।

बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो ।

दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते भएका छन्।

जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेकाे हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »