सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

व्यक्ति मधुमेह र रक्तचापका बिरामी भएका ति व्यक्तिमा ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छाती दुखेपछि उनी सोमबार बिहान साढे ९ बजे अस्पताल भर्ना भएका थिए।

उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो।

कोरोना परीक्षणका लागि बिहान १० बजे स्वाब संकलन गरिएको थियो। उ

पचारकै क्रममा उनको सवा तीन बजे मृत्यु भएपनि पोजेटिभ रिपोर्ट सवा ४ बजे आएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »