सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ परिचयमा तारा कुमारी खत्री(रोकाया)

नेपालगञ्ज, तारा कुमारी खत्री(रोकाया)लाई नेपालगञ्जमा नचीन्ने शायदै छैनन् तर पनि उनको वास्तविक परिचय सबैलाई थाहा नहुन पनि सक्छ ।

उद्योगी÷व्यवसायी अगुवा, समाजसेवीका रुपमा पहिचान बनाउन सफल रोकायालाई अब सर्जकका रुपमा समेत चीन्नु पर्ने हुन्छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा रोकायाले नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् ।

हुन त यस अघि नै तीज गीतको संगालोका रुपमा पुस्तक प्रकाशन गरिसकेकी रोकायाले यसपाली भने आफ्नै रचना र स्वरमा भिडीयोसहितको तिज गित “साह्रै पिर पर्दो रहेछ”सार्वजनिक गरेकी हुन् । नेपालगञ्ज उद्योग वाणीज्य संघकी पुर्व उप महासचिव रोकाया पूर्ण तारा फाउण्डेशनमार्फत पनि सामाजिक क्षेत्रमा क्रियाशिल छिन् ।

पुर्णतारा फाउन्डेसनद्धारा निर्माण गरिएको उक्त गीतको शव्द, स्वर, संगीत, अभिनय स्वयं रोकायाको रहेको छ । गाभरमा छायांकन गरिएको भिडियो निर्मल कुमार बुढाले छायाकंन गरेका हुन् भने भिडियो निर्देशन, सम्पादन विपिन खडकाले गरेका हुन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अश्लिल र भड्किला शब्दहरुसहितका तीज गीतहरु सार्वजनिक भइरहेको परिवेशमा रोकायाले मौलिकपन झल्कीने गीत प्रस्तुत गरेकी छिन् ।

तिजमा माइत जान नपाउँदा चेलीले भोग्नु परेको वास्तविक पिडालाई गीत, संगीतसँगै दृश्यावलोकन गराइएको छ ।

तीज गीतमा नेपालगञ्जका प्रतिष्ठीत महिलाहरु पनि समावेश छन् । तीज गीत गाउनु आफनो रहरमात्र नभइ परम्परागत संस्कृतीलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्येश्य रहेको पनि उनले सुनाइन ।

“साह्रै पिर पर्दो रहेछ” तीज गीत सुनेर, यू ट्यूव हेरेर हौसला बढाइ दिन हुन् पनि रोकायाले सबैमा अपील गरिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »