सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिमेश पन्तले कमेडी च्याम्पियनको विजेता बनेको ६ महिनापछि पाए कार

काठमाडौँ । चर्चित रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

गत सिजनका विजेता उनलाई उपहारस्वरुप कार प्रदान गरिएको हो। उनी सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै विजेता बनेका थिए।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले उनलाई कार हस्तान्तरण गरेका छन्।

विजेता बनेको ६ महिनापछि उनले कार पाएका हुन्। उनले पाएको कारको मूल्य २५ लाख रुपैयाँ पर्ने आयोजकले जनाएका छन्।

अब केही समयमै कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु हुने र दोस्रो सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहनेछन्। त्यस्तै, कार्यक्रमको सञ्चालन पनि अभिनेत्री रीमा विश्वकर्माले नै गर्ने जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »