सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांसद पुनद्धारा सेफ हाउस निर्माणका लागी ५० हजार रकमको चेक हस्तान्तरण


कोहलपुर (बाँके)पछिल्लो समय देशले काचुली फेर्दै गर्दा हरेक क्षेत्रमा पद्योन्ती हुदै गर्दा मानीसले हेर्ने हरेक दृष्टिकोणमा भने अझै परीर्वतन नभएको होकी भन्ने कुरा महिला माथी हुने हिंसाले दर्साउने गरेको छ ।

विषेश गरी बाँके जिल्ला कै सेरोफेरोमा रहेर हेर्दा यहाका धेरै महिलाहरु अहिले पनि हरेक क्षेत्रबाट पिडित हुदै आएको अवस्था छ । यो अवस्थालाइ मध्यनजर गर्दै बाँके जिल्लामा रहेका हिंसा पिडित महिलाहरुलाई एकिकृत रुपमा अगाडी बढाउदै लैजान सुरक्षित आवास सेफ हाउस ९ पुर्नस्थापना केन्द्र ० निर्माण गरीने भएको छ ।

३ वर्ष अगाडि नेपालगञ्ज वडा न १८ मा निर्माणधिन अवस्थामा रहेको सेफ हाउस निर्माण कार्यलाई अब पुर्णता दिईने भएको हो ।

दलित महिला संघ फेडो बाँकेको आयोजनमा निर्माण गरीएको सेफ हाउसलाई पुर्णता दिनका लागी प्रदेश नं ५ प्रदेश सासंद एवं सतापक्ष दल नेकपाका सचेतक पार्वती पुन उषाले ५० हजार रकम वाफतको चेक हस्तान्तरण गर्नु भएको छ ।

दलित महिला संघ फेडो बाँकेका अध्यक्ष निर्मला सुनारलाई चेक हस्तान्तरण गर्दै सांसद पुनले बाँकेमा आबद्ध यस संस्थाले हिंसा पिडित महिलाहरुका लागी निकै उदारणिय काम गरेको र अन्य संघसंस्थाले पनि यस्ता हरेक कार्यलाई निरन्तरता दिदै जानुपर्ने जरुरी रहेको बताउनुभयो ।

सांसद पुनले यस्ता हरेक कार्यलाई उजागर गर्दै लैजानका लागी आफुबाट गर्ने साथ सहयोग निरन्तररुपमा गर्ने प्रतिबद्धता जनाउनुका साथै पुर्नस्थापना केन्द्र निर्माण अभियान पार्वति पुन उषाको अगुवाईमा हुने बताउनुभयो ।

यस्तै हिंसा बाट पिडित कुनै पनि महिलालाई यस पुर्नस्थापना केन्द्रले आत्माबल बलियो बनाई सिपमुलक तालिममा लाग्न प्रेरीत गर्ने र आयआर्जन मुलक कामहरु सिकाउन सहयोग पुराउने दलित महिला संघ (फेडो) बाँके की कार्यक्रम संयोजक दिलिसा गौतमले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »