सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शैक्षिक सुधारका लागि साथ दिन आग्रह

नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जलाई चालु आर्थिकवर्षभित्रै साक्षर नगर घोषणा गरिने बताउनुभएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्वद्ध पदाधिकारीहरुका लागि आयोजित ३ दिने क्षमता विकास कार्यशालाको मंगलबार समापन गर्दै प्रमुख राणाले साक्षर नगर बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता भएकोमा जोड दिनुभयो ।

राणाले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख उमा थापा मगरले कार्यक्रम अन्तर्गत योजना कार्यान्वयनमा पनि सबैको धयान पुग्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न आग्रह गर्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारमा उपमहानगरपालिकाबाट भईरहेका पहल र प्रयासमा साथ दिन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालय संरक्षणका नाममा खण्डहर बन्न दिइनेछैन, उपप्रमुख थापाले भन्नुभयो,–सुधारको पक्षमा लागौ, समस्याको समाधान खोजौ, विवाद बढाउने होइन । उहाँले यसवर्ष सबैको साथ र सहयोगमा साक्षर नगर घोषणा गर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादवले अभिभावकलाई साक्षर बनाउन सके मात्रे बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन सकिने मान्यताका साथ कार्यक्रम सुरु गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतम लगायतले कार्यक्रमको प्रभावकारिताका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »