सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माल्याअर्पणसहित औतारदेईको स्मरण

नेपालगञ्ज, दानवीर एवं समाजसेवी स्व. औतारदेई कशौधन (चौधराइन)को १० स्मृती दिवसमा माल्याअर्पण गरिएको छ ।

नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको आज -भदौ ६ गते स्मृती दिवस मनाइदै आइएको छ ।

कोरोनाको विषम परिस्थितीलाई मध्यनजर गर्दै भेला लगायतका भव्य कार्यक्रम नगरिएपनि आज विहान भेरी अञ्चल अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै योगदानको बारेमा चर्चा गरिएको हो । उहाँको योगदानको स्मरण गर्दै भेरी अष्पताल विकास समितिले स्मृति दिवस गरेको हो ।

विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो । स्व. चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला जनस्वास्थय कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवं पुर्वमन्त्री मो इस्तियाक राईले औतारदेइको योगदानको अभिलेखीकरणसँगै सम्पतीको संरक्षण र सम्वद्र्धन गर्नु पर्ने दायीत्व हामी सबैको हुनु पर्ने आवश्यक्ता औल्याउनु भयो । सांसद समेत रहनु भएका राइले चौधराइनले देखाएको सेवाभाव र सत्मार्गमा लाग्न पनि अपील गर्नु भयो ।

अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको कार्यक्रममा अष्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा, चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेईले शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गर्नु भएको थियो ।

यसैबीच राई लगायत चीकीत्सकको टोलीले अष्पतालमा निर्माण गर्न लागिएको आइसोलेशन वार्डको समेत अवलोकन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »