सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीज खर्च बाट बचाएर पीडीत लाई सहयोग

एउटी महिला जसले आफ्नो तीज खर्च बाट केहि रकम बचाएर ब्लड क्यान्सर पीडीत लाई सहयोग गरे कि छिन ।समाज परिवर्तन को बाटो मा लागेका हरु को मन सदैब सामाजिक घटना तिरै केन्द्रीत हुन्छ ।कोरोना भाइरस को कारण काठमाण्डौ मा भएको निषेधाज्ञा ले महिला हरु को बिषेस पर्व को रुप मा मानिने तीज पनि प्रभाबित भयो ।रमाइलो गर्ने हरु ले पनि घर भित्रै बसेर रमाइलो गरे ।

ब्लड क्यान्सर बाट पिडित भइ हाल काठ्माण्डौको सिभिल हस्पिटल मा उपचार गराइरहनु भएका प्युठान स्वर्गद्वारी ५ निवासी बल बहादुर बुढाथोकी( बलराम )को आर्थीक अभाव को कारण उपचार मा कठिनाइ भएको भन्ने सामाजिक संजाल मा पोस्ट देखेपछी प्युठान स्वर्गद्वारी घर भाई हाल बालाजु माछा पोखरी निवासी समाजसेवी लीला खनाल ले सो सहयोग गरेकी हुन ।

सिभिल अस्पताल ले उपचार को लागी अन्तै लानु पर्ने भन्दै त्यहाँ बाट रिफर गरिदिए पछी पीडीत परिवार नयाँ बसपार्क मा बसेको जानकारिमा आएकोले त्यो सहयोग बसपार्क मै पुगेर सहयोग हस्तान्तरण गरेको हो ।

यसरि सहयोग को भावना कसरी आयो त ? भन्ने प्रश्न मा समाज सेवी खनाल यसो भन्छिन”हामीले लिने हरेक स्वास-प्रस्वास मै काम,क्रोध,लोभ र मोहको कणहरु मिसिएको छ । हामीले पिउने पानीमा त्यही छ । बोल्ने बोलीमा त्यहि छ । ब्यवहार मा त्यो भन्दा फरक खोजेर हामीले पाउन सकिएला र ? आज उहालाइ परेको छ , भोलि हामीलाइ नै नपर्ला भन्न सकिन्न , “एक थुकी सुकि , सय थुकी नदी´´ भने झै अलि अलि गरेर त धेरै हुने हो । दुनियाँ परिवर्तन गर्नु छ, सुरुवात आफै बाट गरौं । “

एक श्रीमती चार छोरी सहित को यस परिवार लाई अब उपचार गर्न त के जिवन यापन गर्न समेत कठिन परिरहेको हुँदा सहयोगी मन हरु मा सहयोग को लागी हार्दिक अपिल पनि गरिएको छ ।सहयोग को लागी सम्पर्क नंबर ९८१०९८४९७४ मा संपर्क गर्न भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »