सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेरुमा नाइटक्लबमा प्रहरीले छापा मार्ने क्रममा भागदौड हुँदा १३ जनाको मृत्यु

काठमाडौं । पेरूमा कोरोना भाइरसको महामारी समयमा प्रतिबन्ध उल्लंघन गर्दै आयोजित पार्टीमा प्रहरीले छापा मार्दा भएको भागदौडमा एक दर्जन बढी व्यक्तिको ज्यान गएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार पेरुको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्दा यो हताहती भएको हो।

पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ।

भागदौड हुँदा तीन प्रहरी अधिकृतसहित छ जना घाइते भएका छन्। जसमा करिब एक सय २० जना शनिबार राति लिमाको लस ओलिभोस जिल्लाको थोमा रेस्टोबार क्लबबाट भाग्न खोजेका थिए। स्थानीयले जानकारी दिएपछि प्रहरी आएर पार्टी बन्द गरेको थियो।

क्लब मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा मृत्यु भएका १३ मध्ये १२ जना महिना र एक पुरुष रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »