सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एउटा क्रान्तिकारी योद्धाको मनैबाट निस्किएको भावना हो यो :हेम बहादुर खड्का (राज )

कबिता

जनता फेरी उठ्ने दिन आयो

दलाल को किल्ला भत्काउदै उठेको हाम्रो शक्ति यो
जनताको आबज बजाउदै उठेको क्रान्तिको बिगुल हो
लुटेको हाम्रो पसिना, सहिदको रगत आलै छ
जनताको अवस्था उस्तै छ, भ्रष्टको जालो ब्याप्त छ

तस्कर र घुस्याहा भाग्दैछ्न , साम्राज्य दलाल होशियार
गाउँ घर छोड तिमिले खबरदार दलालका मतियार
पहिचान गरौं बिचौलिया कमिसनखोरीहरुलाई
दलालले अति गरे लौ लखेट्न उठौ दाजुभाइ

ठाडो शिर गरि हिड्दै छ अझै नि यौन पिपासु
बलात्कारिलाई अब फाँसी दिउँ पुछ्नु छ चेलिका ती आँसु
उठौ न आउनुस ए दिदी समाउनु झन्डा ए बहिनी
ए भाइ तिमी जाग लौ बिद्रोहि झण्डा उठाउँ हो

भ्रष्ट का मालिकले हामिलाई सुराक दिदै छ्न रे हेर
आमाबा हामिलाई भन्दैछन् जनताका सेना आई घेर
दलालका किल्ला फोरिदेउ आशीर्वाद हाम्रो छ हेर
तस्करको टाउको काटेर जनताको शासन लौ फेर

धन्य छ बा आमा दाजुभाइ सलाम छ हाम्रो सबैलाई
जन्माउने छोरा म वीर, यो मुक्तिमोर्चा लड्नलाई।

भर्खरै

सम्बन्धित खबर

Language »