नेपालगञ्ज,शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लि र बांकेको नेपालगञ्ज मेडिकल कलेज बीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।
![](https://i1.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/83688232_483765418994678_694824836890886144_n.jpg?fit=1024%2C497&ssl=1)
सम्झौता अनुसार शाइन रेसुंगा डेभलपमेन्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।
मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच,प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिने छ ।
सम्झौता पत्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लि का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् ।
राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा सहित अन्य सेवा र सुविधा थप्दै जाने नीति अनुसार नेपालगञ्ज मेडिकल कलेजसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।
प्रदेश ५ का १० जिल्लामा मात्रै बैंकका तीनलाख ८१ हजार जना ग्राहक छन् ।