सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रगत अभाव न्युनिकरण अभियानमा श्री सत्य साई केन्द्र

कोरोना भाईरस(COVID-19) को कारण रक्तदाता हरुमा कमी आउन थाले पछी बिभिन्न अस्पतालहरुमा रहेका बिरामीहरु को लागी रगत अभाव हुन थाले को छ । कोरोनाको त्रासले गर्दा रक्तदाताहरु रक्तदान गर्न डराउन थाले पछी यस्तो अवस्था आएको हो ।

No description available.


यो अवस्था लाई मध्यनजर गर्दै श्री सत्य साई केन्द्र ले घुम्ती रक्तदान कार्यक्रम को शुरुवात गरेको छ ।बिभिन्न सामाजिक संघ संस्था संग सहकार्य गर्दै यो कार्यक्रम लाई अगाडी बढाइने बताइएको छ ।
आजै बाट शुरुवात गरिएको कार्यक्रम काठ्माण्डौ को समाखुशी , नेपालटार , र बालाजु क्षेत्रमा गरिएको थियो ।

No description available.


यो कार्यक्रम लाई प्रभावकारी बनाउन भोली देखी ब्यापक प्रचार प्रसार गरिने श्री सत्य साई केन्द्र मध्य क्षेत्र का उपाध्यक्ष आर बि ठकुरीले जानकारी गराएका छन ।
बालाजु क्षेत्र मा गरिएको घुम्ती खुल्ला रक्तदान मा त्यस क्षेत्र मा कृयाशिल संस्था जागृती युवा क्लाब को सकृय सहभागिता रहेको क्लबका सल्लाहकार सानुकान्छा तामाङ्(च्याङ्बा)ले जनाएका छन् ।

No description available.



आफ्नो रगत ले अरु कोही बाँच्छ भने किन नदिनु भन्दै बालाजुका सकृय युवा रमेशले रक्तदान को शुरुवात गरेका थिए । यसै गरी सारीता तामाङ र सुनिता लामाले पनि रक्तदान लाई निरन्तरता दिए । सामाखुशी,नेपालटार र बालाजुमा गरी १८ प्रीन्ट रगत जम्मा भएको थियो ।

बिभिन्न सामाजिक कामहरुमा सकृय रहेका च्याङ्बा र आर. बि. ठकुरी ले यो कार्यक्रम को निरन्तरता को लाई सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन ।

फोटो : डि बि पराजुली

No description available.
No description available.
No description available.
No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »