सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिक्री लुटेको आरोपमा किशोर पक्राउ

काठमाडौँ । सिक्री लुटेको आरोपमा प्रहरीले बुढानीलकण्ठबाट एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–४ घर भएर बुढानीलकण्ठ नगरपालिका–२ स्थित भंगाल बस्ने सरोजकुमार शाह छन् ।

१९ वर्षीय शाहलाई बुढानीलकण्ठको बीएमसी स्कुल नजकै किराना स्टोरबाट ७५ वर्षीय महिलाको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आरोपीको साथबाट प्रहरीले १ तोला ९२ लाख तौल भएको सिक्री बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »