सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाग्लुङ जिल्लाले पायो नेत्र प्रसाद सुवेदी जस्तो अनुभवी सिडिओ

काठमाडौं । बाग्लुङ जिल्लाले बिगत लामो समयदेखि निजामती क्षेत्रमा निक्कै अनुभव बटुलेका नेत्र प्रसाद सुवेदी लाई प्रमुख जिल्ला अधिकारीको रुपमा पाएको छ ।
सालिन स्वभावका सुवेदीले भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा समेत आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि सक्नु भएको छ ।
सुवेदीले २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, ( उपसचिव), महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) लगायतका जिम्मेवारीमा समेत रहेर भुमिका निर्वाह गर्नुभएको थियो ।
सुवेदीले वाणिज्य तथा अन्तर्रा्ष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गर्नु भएको छ भने उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापारको स्वर्णपदक विजेता पनि हुनुहुन्छ ।
सुवेदी भन्नुहुन्छ “स्थानीय आर्थिक विकासको मामिलामा र सेवा प्रवाहमा सुधारका लागि धेरै स्थानीय तहहरु सिकाइकै चरणमा अब्बल प्रमाणित भएका छन् । खराबीलाई झांगिन नदिने र स्थानीय सम्भावनाको बढीभन्दा बढी प्रयोग गर्दै वातावरणमैत्री हिसाबले विकासका क्रियाकलाप अगाडि बढाउने स्थानीय तहहरुले सिङ्गो मुलुक निर्माणमा योगदान गरिरहेका छन् । सफल हुनेबाट अरुलेसमेत सिक्न जरुरी छ । वास्तविक विकास त उत्पादकत्व बढ्नु, जीवनस्तर सुध्रनु, स्वास्थ्य अवस्थामा जोखिम कम हुन गई औसत आयु बढ्नु तथा सामाजिक सद्भाव थप कसिलो हुँदै जानु जस्ता परिणामसँग सम्बन्धित छ । तसर्थ, अब हुने विकास निर्माणका क्रियाकलापले जनताको जीवन, आय र सामाजिक सम्बन्धमा के कस्तो फरक ल्याउन सक्यो भनेर हेर्न जरुरी छ । बहुआयामिक गरिबी मापन, मानव विकास प्रतिवेदनले केही हदसम्म यी विषयलाई विश्लेषण गरेको पनि पाइन्छ । गणतन्त्र स्थापनापछि प्रतिनिधित्वमा विविधता देखिए जस्तै नेपालीको समग्र उत्पादन क्षमता, लगानीयोग्य आय र मुलुकको शासकीय क्षमतामा समेत महसूस हुनेगरी सुधार आवश्यक छ । सडकको लम्बाई र गुणस्तर, ऊर्जा सुरक्षा, मानवीयता, नागरिकमा देखिएको सचेतना जस्तै सबै क्षेत्रमा दक्षता, प्रभावकारिता बढ्नु आवश्यक छ । यी विषय हासिल हुनका लागि सुशासन र विकासमा निरन्तर एवम् इमान्दार प्रयत्न र अनुशासन आवश्यक छ । ”

भर्खरै

सम्बन्धित खबर

Language »