सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जीलाई केही दिनदेखि कोमामा राखिएको थियो । सोही अस्पतालमा उहाँको मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत अगस्ट १० मा उहाँलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।

अस्पतालका अनुसार उहाँको फोक्सोको संक्रमणका कारण उहाँलाई ‘सेप्टिक सक’ भएसँगै अवस्था गम्भीर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ ।

रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । मंगलबार राती उहाँलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

भारत रत्नबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री हुनुहुन्थ्यो । उहाँ विभिन्न सरकारी ओहोदामा रही नेपाल मामिलामा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।

भर्खरै

सम्बन्धित खबर

Language »