सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्फ्यूका बीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा हुँदै

काठमाडौं। आज रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिँदैछ। बिहीबार रथ तान्न खोज्ने स्थानीयलाई कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो। 

त्यसपछि बिहीबार साँझ अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले आज क्षमा पूजा गर्ने तथा आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर संक्षिप्त विधिबाट बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय ललितपुर, जात्रा व्यवस्थापन कार्यदल, ज्यापू समाज, ललितपुर महानगरपालिका, स्थानीय १९ जातीय समूहहरू (खलः पुचः), गुठी संस्थान लगायत अन्य सरोकारवालाको बैठकले त्यस्तो निर्णय गरेको थियो। 

त्यसपछि १९ जातीय समूहहरूको तर्फबाट जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्ति जारी गरेर कोभिड–१९ को कारणले उत्पन्न विषम परिस्थितिका कारण यो वर्ष मात्रै सम्बन्धित सबैको सहमतिमा सबै विधि प्रक्रियाहरू हाल रथ रहेकै स्थानमा सम्पन्न गर्ने जानकारी दिएका छन्। 

पुल्चोकमा बिहीबार झडप भएपछि स्थानीय प्रशासनले ललितपुरको चक्रपथ भित्र कर्फ्यू जारी गरेको छ। कर्फ्यूका बीच रथ भएको स्थानमा क्षमा पूजा गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »