सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

३० वर्षपछि अस्ट्रेलियामा आर्थिक मन्दी

काठमाडौं। कोरोना भाइरसलेमानवीय संकटनिम्ताइरहेका बेला अब आर्थिक संकट पनि जोडिन थालेको छ। विश्वका प्रायः देशहरू यस महामारीका कारण आर्थिक विपत्तितर्फ धकेलिरहेका छन्।

यसबीच अस्ट्रेलियाले करिब ३० वर्षपछि आधिकारिकरूपमा पहिलोपटक आर्थिक मन्दी भएको जनाएको छ। त्यहाँ जुनपछिको तीन महिनामा पहिलाको सोही अवधिको तुलनामा ७ प्रतिशतले गिरावट आएको हो।

गत हप्ता बाहिर आएको आधिकारिक आँकडाबाट यो जानकारी प्राप्त भएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार अस्ट्रेलियाको तथ्यांक विभागको नयाँ आँकडा यसै वर्षको मार्चपछिको तीन महिनाको भन्दा शून्य दशमलव ३ प्रतिशत कम रहेको छ।

न्युसाउथ वेल्स र भिक्टोरियाले सबैभन्दा तीव्र गिरावटको सामना गर्नुपरेको बीआईएस अक्सफोर्ड इकोनोमिक्सका सारा हन्टरलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरेको छ।

ती राज्यहरूमा अन्तिम मागमा क्रमशः ६ दशमलव ६ र ८ दशमलव ५ प्रतिशतले गिरावट आएको छ। तास्मानिया पनि अन्तर्राष्ट्रिय पर्यटक नआउँदा संकटमा परेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »