सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं नाकामा सेना परिचान र दशैंसम्म निषेधाज्ञा गर्न उपत्यकाका सिडिओहरूको सुझाव

काठमाडौं। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उनले चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका हुन्। त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने उनको उनको भनाइ छ ।

यता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

उनले नाकाहरूमा सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राख्न उनले सुझाएका छन् ।

त्यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन्। योजनावद्ध रुपमा मानिसहरूलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन्।

यस्तै नगरपालिका मेयर फोरमका सचिव एवम् मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको टिप्पणी गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »