सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के काेराेना संक्रमित व्यक्तिले प्रयाेग गरेकाे शाैचालयबाट अन्य व्यक्तिमा काेराेना सरिन्छ ?

काठमाडौ। कोभिड -१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालय अन्य व्यक्तिले प्रयोग गर्दा के कोरोना भाइरस सर्ने सम्भावना रहन्छ ?

संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा, खोक्दा वा संक्रमित हातले छोएको कुनै पनि सतहमा कोरोना भाइरस २ घण्टा देखि ९ दिनसम्म जीवित रहन सक्ने अध्ययनले देखाएको छ । अतः कोरोना संक्रमण पुष्टि भएका वा शंका गरिएका मानिसहरुले प्रयोग गर्ने शौचालयबाट समेत कोरोना संक्रमण फैलिन सक्ने भएकाले उनीहरुका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्दछ । शौचालयको फ्लसले राम्रो सँग काम गरेको हुनुका साथै शौचालयको प्यान छोप्न मिल्ने खालको हुनुपर्दछ । फोहोरको छिटा चुहावट कतै भएमा त्यसबाट संक्रमण फैलिने डर हुन्छ ।

छुट्टै शौचालय सम्भव नभए तालिम प्राप्त वा जान्ने सरसफाइकर्ताले व्यक्तिगत सुरक्षा कवज (पिपिई) जस्तै लामो खालको गाउन, पञ्जा, बुट, मास्क, अनुहार छोप्ने सामग्री वा चस्मा लगाएर कम्तीमा दिनको २ पटक सफा गरी ०.५ प्रतिशत क्लोरिनको प्रयोग गरी निसंक्रण गर्नुपर्दछ ।

यदि विरामीले शौचालयको प्रयोग गर्न असमर्थ भएमा बिरामीको दिशा, डाइपर वा कोपरा (बेड प्यान) मा जम्मा गरी सुरक्षित साथ अलग्गै शौचालयमा सावधानी साथ फाल्ने र शौचालयमा नै बेड प्यानलाई तुरुन्तै होसियारीपूर्वक साबुनपानीले पखाली ०.५ प्रतिशतको क्लोरिन झोल प्रयोग गरी निसंक्रमण गर्नुपर्दछ । अन्त्यमा बेड प्यानलाई पनि सफा पानीले धुनुपर्दछ ।

डाइपरको व्यवस्थापन गर्दा संक्रमित फोहोरको रुपमा गर्नुपर्छ । यसप्रकारको दिशाजन्य फोहोर व्यवस्थापन गर्दा अनिवार्य रुपमा पिपिई (लामो खालको गाउन, पञ्जा, बुट, जुत्ता, मास्क, अनुहार छोप्ने सामग्री वा चस्मा) लगाउनुपर्दछ । यदि पिपिई उपलब्ध नभएमा नियमित र सही तरिकाबाट साबुन पानीले मिचिमिची हात धुनुपर्दछ । ०.५ प्रतिशत क्लोरिनको झोलको सट्टामा बजारमा पाइने अन्य निसंक्रमण गर्ने प्रमाणित भएका केमिकलहरु प्रयोग गर्ने विधिबारे राम्रोसँग जानकारी लिई प्रयोग गर्नुपर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »