सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सवारी चालक अनुमति पत्र असोज १ गतेबाट वितरण गरिने

काठमाडौं। सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट (असोज १) हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।

लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ।

निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »