सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ। पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ ।

यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »