सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धुलिखेल उघाेग वाणिज्य संघको अध्यक्षद्वारा फर्जी काम

काभ्रे। उघाेग वाणिज्य संघ धुलिखेलकाे चुनाव नजिकिदै गर्दा निवर्तमान अध्यक्ष मञ्जु कुमार काेजुले रातारात फर्जी सदस्य बनाएका छन् ।

स्रोतका अनुसार मञ्जु कुमार काेजुले उघाेग वाणिज्य संघका कर्मचारी र पधाधिकारीकाे मिलेमतोमा रातारात ३०० भन्दा बढि सदस्य निर्माण गरेकाे जानकारी दिएकाे छ । मञ्जु कुमार काेजुले कुनै पनि व्यवसाय नगरेका अाफ्ना पार्टीको पार्टी कार्यकताहरुलाई सदस्य बनाएका छन्।

उघाेग वाणिज्य संघ धुलिखेलकाे चुनावमा नेपाली काङ्ग्रेस जिल्ला समिति पुरै परिचालन भएकाे छ । जसबाट पार्टी जिल्लाले चुनाव जिताउन सबै कार्यकर्ताहरुलाई ह्वयिप जारि गरेका छन् ।

फर्जि सदस्य बनाउने गैर व्यवसायीक मान्छेलाई सदस्य बनाएर चुनावी नतिजा हत्याउने दाउँमा काङ्ग्रेस रहेको छ । मञ्जु कुमार काेजुले फर्जि 300 सदस्य बनाउनका लागि उघाेग वाणिज्य संघ धुलिखेल काे नाममा अाफ्नाे छाेरा मनिष काेजुकाे नाममा रहेकाे एकमुष्ट ४,११,००० काे चेक दिएको स्रोतले जनाएको छ । यो समाचार वर्तमान अध्यक्ष मञ्जु कुमार कोजुको नजिकको स्रोतबाट प्राप्त भएको हो ।

उक्त स्रोतले दिएको मोबाइल नम्बरमा वास्तविक के हो बुझ्नका लागि सारा खबरका काभ्रे प्रतिनिधिले मञ्जु कुमार कोजुलाई फोन सम्पर्क गर्न खोज्दा स्वीच अफ रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »