सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज अभिनेता भुवन केसी र दिलिप रायमाझीको जन्मदिन, कति बर्ष पुगे त ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसीको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ६४ औँ जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरका उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

काठमाडौंमा जन्मेका भुवन चलचित्र क्षेत्रका एक सफल अभिनेताको रुपमा परिचित छन् । चलचित्र जुनिबाट अभिनय यात्रा शुरु गरेका भुवन चलचित्र क्षेत्रमा चर्चित र विवादित व्यक्तित्व हुन् ।

चलचित्र क्षेत्रबाट धेरै दर्शकको मन जित्न सफल भुवनले नेपालि बाबु, सपना, सम्जना म तिमि बिना मरिहाल्छु ,विरासत, बादलपारि, चोर सिपाहि,करोण पति, राजु राजा राम, राको, मानिस, लगायतका धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

त्यस्तै आज नायक दिलिप रायमाझीको पनि जन्मदिन परेको छ। आज उनि आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् ।

नायक दिपिल रायमाझीले २१ बर्ष अगाडि चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा पाइला राखेका हुन् । यसपछि, यी नायकको क्रेज यसरी चुलियो कि, सो समयमा उनले नायक राजेश हमाललाई पनि चुनौती दिएका थिए ।

दिलिपले अभिनय गरेका ‘जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी’ लगायतका चलचित्रले उनलाई सो समयको सर्वाधिक व्यस्त नायक बनाइदिएको थियो ।

नृत्य र अभिनयमा पोख्त यी नायकको करिअर चलचित्र ‘लहना’ पछि विस्तारै कमजोर बन्यो । यसपछि उनले ‘धनसम्पत्ती, मलाई माफ गरिदेउ, मुस्कान, पाहुना, दुख, मुग्लान, मिस यू, बाटो मुनिको फूल २, कही कतै, नाई नभन्नु ल ५’ लगायतका चलचित्रमा काम गरे ।

आज पनि दिलिप चलचित्र निर्माण र अभिनयमा व्यस्त छन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »