सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शान्ति दिवसमा दिप प्रज्वलन

नेपालगञ्ज, ३९औं अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरिएको छ ।

सँगै मिलेर शान्तिलाई साकार पारौं भन्ने नाराका साथ यस वर्ष पनि दिवस मनाइएको छ । विश्व शान्तिको उदेश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ ।

द्धन्द्धपीडित तथा एकल महिला सञ्जाल बाँकेको संयोजनमा सोमबार साँझपख न्यूरोडस्थित शानित स्मारकमा दिप प्रज्वलन गरिएको हो ।

स्मारकमा शान्तिको प्रतिक परेवा अंकीत चीत्र बनाएर दिप प्रज्वलन गरिएको थियो । सशस्त्र द्धन्द्ध, मधेश आन्दोलन, थरुहट आन्दोलनमा बाँकेमा मारिएका, वेपत्ता पारिएका र शहीद भएकाहरुको सम्झनामा स्वरुप उहाँको नाम अंकीत गरिएको छ ।

द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती केसी, संस्थापक अध्यक्ष शोभा बीसी, नेपालगञ्ज उपमहानगरपालिका वडा न १० की वडा सदस्य एवं द्धन्द्धपीडित अगुवा वसन्ता जोशी लगायतको उपस्थिती रहेको थियो ।

कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै अन्य कार्यक्रम भने गरिएको थिएन ।ं विशेष गरि १२ बर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »