सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साेनाम ल्हाेछारमा खानेपानी र सडककाे चर्चा

काभ्रे । नमाेबुद्ध नगरपालिका वडा नं। ५ कानपुरमा आयाेजित बृहत साँस्कृतिक साेनाम ल्हाेछारमा खानेपानी, सडक र नगरपालिकाले तीन दिन बिदा नदिएकाे विषयमा चर्चा भएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगा बहादुर दाेङ बमध्वज प्रमुख अतिथि रहेका थिए भने बाग्मती प्रदेशका सांसद रत्न ढकाल र नगर प्रमुख टिपी शर्मा विशेष अतिथिका रूपमा रहेका थिए ।

कानपुरका मैनाली, नेवार, मगर, उप्रेती समुदायका दिदीबहिनी , आमा बुबाहरू माघ १८ गते भएकाे साेनाम ल्हाेछारकाे बृहत साँस्कृतिक कार्यक्रममा डम्फुकाे तालमा नाच्दै साेनाम ल्हाेछार मनाइ रहेका थिए । सृजना उप्रेतीले सेलाेकाे भाकामा मिठाे गीत सुन्न साथ कम्मर मर्काएर नाच्न मन लागेकाे सारा खबरकाे प्रतिनिधिसँगकाे संवादमा लजाउँदै बताइन् । गणेश मैनाली, जित्तु लाेप्चनकाे गीतमा नाच्दै रमाइलाे गर्दै थिए ।

कानपुरमा भएकाे कार्यक्रम साँच्चिकै समावेशी थियाे । सबै जातजातिका स्थानीयहरु एक्कै ठाउँमा बसेर ल्हाेछार मनाइ रहेका थिए ।

हाँस्य कलाकार बल्छी धुर्बेले नेताहरूलाई गाली गर्दै गरेकाे ब्याङ्ग्यलाई दर्शकहरूले तालीले साथ दिईरहेको थियाे ।

नगरप्रमुख टिपी शर्माले स्थानीय धार्मिक स्थलकाे प्रचार प्रसार गर्नका लागि ल्हाेछार कार्यक्रमले सजिलाे बनाइ दिएकाे दाबी गर्नुभएकाे थियाे भने दुई दिन सार्वजनिक विदा दिएकाे भनेर स्थानीय तामाङ समुदायकाे मन बुझाउन खाेजेका थिए ।

प्रदेश सांसद रत्न ढकालले नेपाल बहुभाषी, बहुजाति, बहु संस्कृति भएकाे देश भएकाे हुनाले बिदाकाे सवालमा सरकारले साेच विचार गरेर नै बिदा दिएकाे बताएका थिए । उहाँले नेपाल एकात्मक व्यवस्थाबाट संघीय व्यवस्थामा आइसकेकाे हुनाले नेपालका सबै भाषा,धर्म, र पर्वहरू राष्ट्रिय चाड पर्वका रूपमा लिनु पर्ने दाबी गर्नु भएकाे थियाे ।

संक्रमणकालबाट समृद्ध तिर जाँदै गर्दा नेपाल सरकारले केही चाडहरूकाे विदाहरूलाई कटाैति गरेता पनि साेनाम ल्हाेछारमा प्रदेश सरकारले १ दिनका लागि सार्वजनिक विदा दिन थालेकाे र आवश्यक थप बिदा चाहिएमा प्रदेश सरकारसँग अनुराेध गर्न सकिने सांसद ढकालले बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि गंगा बहादुर दाेङ बमध्वजले कर्मचारीकाे बेइमानीका कारणले सुनकोशीको पानी तेमालमा आइपुग्न ढिला भएकाे बताउनु भयाे तर फागुनकाे अन्तिमसम्म तेमालका जनताले सुनकाेशीकाे पानी पिउन पाउने उहाँकाे दाबी रहेकाे छ।

भकुण्डेबेशी देखि मेच्चेपाैवा सम्मकाे ह्रिन्जेन दाेर्जे सडक खण्डकाे कालाेपत्रे चाँडै हुने सांसद दाेङले बताएका छन् ।

कार्यक्रमलाई छेटुप तामाङ दाेङले संचालन गर्नुभएकाे थियाे भने सिंह बहादुर तामाङ सभापति रहेका थिए ।

अगामी दिनहरूमा नमाेबुद्ध नगरपालिकाका सम्पुर्ण तामाङहरूलाई एकै ठाउँमा जम्मा गरेर साेनाम ल्हाेछार मनाउने वतावरण निर्माण गर्ने कार्यक्रमका सभापति सिंह बहादुर तामाङले बताउनुभयाे ।

कार्यक्रममा गायक हावा लामा, गायिका जितु लाेप्चन, गायक प्रयास लामा लगाएत स्थानीय कलाकारहरूकाे प्रस्तुति रहेका थिए ।

साेनाम ल्हाेछारकाे अवसरमा अायाेजित काभ्रेकाे नमाेबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा अायाेजित बृहत साँस्कृतिक कार्यक्रममा प्रदेशसभा सदस्य रत्न ढकाल

भर्खरै

सम्बन्धित खबर

Language »