सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपन्देहीमा अधिकांश भू-भाग जलमग्न,रातभर जाग्रम

रुपन्देही। शुक्रबार साँझदेखि रातभर परेको अविरल वर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुबानमा परेको छ। चुरे क्षेत्रबाट बग्ने रुपन्देहीका तिनाउ, रोहिणी, दावन, कंचन, डण्डा लगायतका नदीहरूको जलसतह बढेर आसपासका बस्तीहरू कटानमा परेका छन्।

त्यस्तै, बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र सबै गाउँपालिकाहरू डुबानमा परेका छन्।

शुक्रबार रातभर परेको मुसलधारे वर्षा शनिबार बिहानैदेखि रोकिएर घाम लागेको भए पनि अधिकांश क्षेत्र अझै पनि जलमग्न छन्।

रुपन्देहीसँगै पाल्पा क्षेत्रमा पनि रातभर भीषण वर्षापछि चुरे भएर बग्ने सबै खोलाहरू उर्लिएपछि रातभर नदी किनारका बासिन्दा जागाराम बस्दै सुरक्षित स्थानतर्फ लागेका थिए।

बाढीको उच्च जोखिममा रहेका खोला आसपासका बासिन्दालाई राति नै सुरक्षित स्थानमा लगेको कारण केही घरटहराहरू बगाए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »