सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा लेनदेनको कुराको बिवादले महिलाको हत्या

रौतहट । लेनदेनको बिषयमा विवादको कारण रौतहटमा एक महिलाको हत्या भएको प्रहरीले खुलाशा गरेको छ ।

गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती मिन्त्रा देवी वैठाको हत्या लेनदेनको बिषयमा भएको रौतहट प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सो घटनाबार सोमबार सार्वजनिक गरेको थियो ।

प्रहरीले हत्याको आरोपमा सोही गाउका अनवर हुसेनको छोरो जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा जहरुदिन मियाँ र सफी महम्मद मियाँको छोरा महम्मद ईसराफुल मियाँसहित गरी ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

मित्रा देबीको हत्या जग्गा बिवादको कारण सोही गाउका जमसैद आलमले योजना बनाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।

जमसैद आलमको वुवा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालत मार्फत नै सकार गरि लिएको जग्गा मध्ये मृतक मिन्त्रा देवी वैठाको श्रीमान सकल वैठाले जग्गा किन्दा जमसैद आलमले सो जग्गामा भोगचलन गर्न नदिई विवाद गरि कुटपिट समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »