सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप १५ सय ५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १५ ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »