सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वाद समूहको पहल नरैनापुरमा इलाका प्रशासन पुनस्र्थापनाको तयारी


नेपालगञ्ज, नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय लगायतका सेवा प्रदायक कार्यालय पुनस्र्थापनाको लागि सम्वाद सहजीकरणलाई सशक्त बनाइदैछ ।

पाच वर्ष अघि नेपालगञ्जमा खुम्चीएको प्रशासन कार्यालय पुनस्र्थापनाको माग र पहल विफल भएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाएको हो ।

राज्यको सशक्त र प्रभावकारी उपस्थिती नरहेको नरैनापुरमा नागरिकता लगायत सरकारी सीफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन नेपालगञ्ज पुग्नु पर्ने विवशता कायमै रहेपछि नरैनापुर गाउँपालिकाले पनि आवश्यक पहलका लागि सक्रियता देखाएको छ ।

इलाका प्रशासन कार्यालय लगायतका कार्यालय पुनस्र्थापना गरि सहज सेवा प्रवाहको बातावरणका लागि सहजीकरण गरिदिन नरैनापुर गाउँपालिकाले गत जेठ ८ गते सम्वाद समूह अन्तर्गत सम्वाद सहयोगी समूह नरैनापुरलाई अनुरोध गरेको थियो ।

सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा बुधबार नरैनापुर गाउँपालिकामा सेवा प्रदायक कार्यालयको पुनस्र्थापन र सेवा प्रवाहको सहज बातावरण बनाउन सरोकारवालाबीच आवश्यक सम्वाद सहजीकरण गरिएको हो ।

जिल्ला समवय समितिका प्रमुख अजय कमार श्रीवास्तव, समन्वय अधिकारी लोक बहादुर सुनार, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तीयाक शाहको विशेष उपस्थितीमा गरिएको अन्तर सम्वादमा कानून प्रदत अधिकार र सेवा प्राप्त गर्ने बातावरण सिर्जना गर्न सामुहिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुख, सुरक्षा यूनिटका प्रमुख, वडा अध्यक्ष र सम्वाद सदस्यवीचको अन्तर सम्वादमा इलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन पुनस्र्र्थापन र सेवा प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा आवश्यक पहल गर्नु पर्ने सुझाइयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाई र सम्वाद सहसहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाहले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र शाखा पुनस्र्थापनाको ढीलाई अब स्वीकार्य नहुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिृकृत महेन्द्र जंग शाहीले नागरिकता प्राप्ती लगायतका सेवा पाउन असहज भएकाले थप सेवालाई पनि प्रभावीत बनाई रहेको गुनासो गर्नु भयो ।

कार्यक्रममा वडा न २ का अध्यक्ष मसुद अहमद शाह, वडा न ४ का अध्यक्ष दिनेश शर्मा, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा लगायतले पनि आफनो भनाई राख्नु भएको थियो ।

सम्वाद समूह बाँकेका सहजकर्ता चौलागाईसँगको सम्वादमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले इलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ अधिकृत नपठाइदा ढिलाई भएको स्वीकार्नु भयो ।

अन्य सेवा प्रदायकको सेवा बारेपनि गाउँपालिकाकै समन्वयमा सम्वद्ध कार्यालयसँग पहल गरिने उहाँले विश्वास दिलाउनु भयो । सम्वाद समूह बाँकेले जिल्लास्थित सम्वद्ध सरोकार निकायसँग थप सम्वाद सहजीकरण गर्ने तयारी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »