सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यस वर्षको नोबेल पुरस्कार ७७ वर्षीया अमेरिकी कवि लुइज ग्लेकलाई

काठमाडौँ। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि तथा निबन्धकार लुइज ग्लेकले पाएकी छन्।

नोबेल कमिटीले बिहीबार ७७ वर्षीया ग्लेकलाई उनको ‘व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने सुन्दर काव्यिक आवाज’का लागि पुरस्कार दिने निर्णय गरेको हो।

सन् १९४३ मा जन्मिएकी ग्लेक म्यासेच्युसेट्सको क्याम्ब्रिजमा बस्छिन्। उनी याले युनिर्भसिटी कनेक्टिकटमा अंग्रेजी साहित्यकी प्राध्यापकसमेत हुन्।

सन् १९६८ फर्स्ट ब्रन लेखेर साहित्यमा पाइला राखेकी ग्लेकले पुलित्जर र अमेरिकाको नेशनल बुक अवार्ड पनि पाइसकेकी छन्।

उनका १२ वटा कविता संग्रह र केही काव्यात्मक निबन्ध संग्रह प्रकाशित छन्।

साहित्यतर्फ नोबेल पुरस्कार पाउने ग्लेक १६ महिला हुन्। अमेरिकी महिला साहित्यकारमा टोनी मोरिसनपछि पुरस्कार पाउने उनी दोस्रो महिला हुन्।

सन् २०११ पछि पहिलो पटक कविलाई साहित्यतर्फको नोबेल दिइएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »