सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिकाकाे वडाहरूमा किन निर्माण हुन सकेन ४ वर्षमा वडा कार्यलय भवन ?

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको वडाहरुमा निर्माण हुँदै गरेको वडा भवनको बारेमा सामाजिक संजालमा चर्चा चलेको कारणले उपभोक्ता समितिका अधक्ष्यहरुको टाउको दुखाई भएको छ ।

वडा नं. ६ ठुलो पर्सेलमा सम्पन्न भएको वडा भवनको बारेमा समाचार संकलन गर्न पुगेको सारा खबरको प्रतिनिधिले अन्य वडामा निर्माण भएको वडा भवनको बारेमा पनि निर्माणको अवस्थाको बारेमा डाटा संकलन गरेको थियो ।

करिब ३७ लाखमा सम्पन्न भएको ठुलो पर्सेलको वडा भवनको बारेमा सामाजिक संजालमा चौतर्फी वाहवाही पाए पछि भने अन्य वडामा निर्माण हुन लागेको वडा भवनको बारेमा भने टिका टिप्पणी हुन थालेको छ । यो किन भयो भन्ने सवालमा सारा खबरले सम्पुर्ण वडाका वडाध्यक्ष्यहरुसँग सम्पर्क गरी जानकारी लिने प्रयास गरेको थियो ।

वडा नं. १ सरस्युङ्खर्कमा अहिलेसम्म पनि वडा भवन निर्माण हुन सकेको छैन । ०७७/०७८ को बजेटमा वडा भवनको लागि बजेट छुट्टाएको वडाध्यक्ष मान बहादुर श्रेष्टले जानकारी दिनु भयो । वडा नं. २ मा भने वडा भवनको बारेमा लिएर टिकाटिप्पणी हुन थालेको थियो ।

सारा खबरको प्रतिनिधिले वडाध्यक्ष तेमाल सिं तामाङसँग जानकारी लिँदा उहाँले यसो भन्नु भयो “मैले उपभोक्ता समितिलाई २० लाखमा ४ कोठे भवन निर्माणका लागि जिम्मा दिएको छु । १६ लाख ७५ हजार डिभिसिमा खर्च भएको छ ।” यसैगरी उपभोक्ता समितिका अध्यक्ष विकास लामासँग पनि संवाद गरेको थियो । उहाँको भनाई भने यस्तो छ “समय थोरै भएको कारणले हामीले वडा कार्यलयको भवनको वाल उठाउन नसकेको हो । अझ पनि हामी सँग करिब ३ लाख बजेट बाँकी नै छन् । हामीले काम सम्पन्न गर्ने नै छौ । ”

३ नं. वडामा भने २० लाखमा ४ कोठे भवन ०७६/०७७ को बजेटमा नै सम्पन्न गरेको वडाध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिएको छ । यसरी नै वडा नं. ४ र ५ वडाध्यक्ष लाई सम्पर्क गर्न खोज्दा फोन नै उठेन ।

ठुलो पर्सेल वडा नं. ६ को वडा कार्यलय कस्तो निर्माण भएको छ ? भिडियो हेरेर कमेन्ट गर्नुहोला । यसैगरी वडा नं. ७ को वडाध्यक्ष ज्ञान बहादुर मोक्तानसँग पनि हामीले सम्पर्क गर्न खोज्दा वडाको फोनमा सम्पर्क हुन सकेन । प्राप्त जानकारी अनुसार उपभोक्ता समितिको अध्यक्ष कसलाई बनाउने भन्ने विवादको कारणले अहिलेसम्म वडा कार्यलय निर्माणमा अन्योल रहेको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ ।

वडा नं. ८ मा वडाको वडा भवनको बारेमा वडाध्यक्ष लक्ष्मी बहादुर घिसिङसँग सम्पर्क गर्दा उहाँले उपभोक्ता समितिको अध्यक्ष लनम लामासँग नै सम्पर्क गर्न अनुरोध गर्नु भयो ।

हामीले उहाँसँग सम्पर्क गर्दा १४ लाख ५२ हजार ७ सयमा ग्राउन्ड सम्याउने डिभिसि तयार गर्ने र पिलर उठाउने काम सम्पन्न गर्न सफल भएको र यदि कतैबाट प्रश्न उठ्छ भने एक-एक हिसाब दिन तयार रहेको बताउनु भयो । वडा नं. ९ को वडा कार्यलय हालसम्म निर्माण गर्न सकेको छैन तर स्वास्थ्य भवनको विवादले सामाजिक सञ्जाल तातेको थियो ।

वडाध्यक्ष चन्द्र बहादुर लामाले यदि भ्रष्टाचार भएको प्रमाण ल्याएमा कार्बाही गर्न तयार र कार्बाही भोग्न पनि तयार रहेको स्वास्थ्य भवनको उद्घाटनको क्रममा बताउनु भएको थियो । जनताबाट निर्वाचित भएको चार वर्ष बिति सक्दा पनि वडा भवन निर्माण हुन नसक्दा वडाध्यक्षहरुको क्षमता माथि नै प्रश्न उठेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »