सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा नागरिक सहायता कक्ष स्थापना

नेपालगञ्ज, चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले नागरिक सहायत कक्ष स्थापना गर्न सुरु गरेको छ ।

चाडपर्वलाई लक्षित गरेर नागरिक सहायता कक्षहरु स्थापना गर्न सुरु गरिएको एसपी ओम बहादुर रानाले बताउनुभयो ।
भारतबाट फर्किने नागरिकहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उहाँको भनाइ छ ।

दशै तिहार, मोहम्मद डे, छठ पर्वको अवसरमा भारतबाट नेपालतर्फ आउने नागरिकहरुले नाकामा दुःख नपाउन भन्ने उद्देश्यले पर्वलक्षित नागरिक साहयता कक्ष स्थापना गरिएको एसपी रानाले बताउनुभयो ।
जमुनाह नाकामा स्थापना गरिएको नागरिक सहायता कक्षको आज एक कार्यक्रमको आयोजना गरी एसपी रानाले उद्घाटन समेत गर्नुभयो ।

चाडपर्वका बेला लुटपाट,चोरी, झैझगडा बढी हुने गरेकाले त्यस्को न्यूनिकरणका लागि नागरिक सहायता कक्षले सहयोग पु्रयाउने छ ।

जिल्ला टाफिक प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्लाका विभिन्न आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

आइतवारमात्र प्रहरीले १४ बुँदे पर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको थियो । नागरिक सहायता कक्षमा प्रहरी परिचालन गरिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »