सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई कोरोना

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई कोरोना पोजिटिभ देखिएको छ ।

केही दिनदेखि अस्वस्थ थापा मगरले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको जानकारी दिनुभयो ।

उपप्रमुख थापा मगर बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि सुरुवातदेखि नै अग्र मोर्चामा रहेर खटिनुभएको थियो ।

चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भारतबाट फर्किएका नेपालीहरुको उचित ब्यवस्थापनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »