सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्न पाउने, कहिले घट्ला भाडादार ?

काठमाडौं। ७ महिना लामो बन्दपछि सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्ने सर्तमा खुलेका यातायातले अब सबै सिटमा यात्रु बोक्न पाउने भएका छन् ।

सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्दा ५० प्रतिशत बढि भाडा लिन अनुमति दिएको थियो । तर आजबाट सिट क्षमता अनुसार नै यात्रु बाेकेपनि भाडादर भने कहिलेबाट घट्ने एकिन भएकाे छैन ।

सरकारले सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु चढाउन पाउने निर्णय गर्दा पनि नियामक निकाय पुरानो भाडादर लागु गर्नका लागि कुनै निर्देशन वा पत्र नआएको बताउँछ ।

कोरोनाको कारणले रोजगारी गुमेका सर्वसाधारणहरु कतै यात्रा गर्दा यातायातमा सिट क्षमता वा सिट क्षमताभन्दा धेरै यात्रु भएपनि पहिलेको भाडादर भन्दा ५० प्रतिशत बढि भाडा तिर्न बाध्य छन् । सर्वसाधारणलाई समस्या माथि समस्या थपिँदै गएकाे छ ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णयलाई सुधार गर्दै सबै सिटमा यात्रु चलाउन पाइने निर्णय गरेको थियो । यसअघि लकडाउन, सटडाउन र निषेधाज्ञा पछि खुलेको यातायातको आधा सिटमा मात्रै यात्रु चढाउन सकिने निर्णय गरिएको थियो ।

यातायात खुले पनि यातायात व्यवसायीले पुरै सिटमा यात्रु चढाउन नदिए आफूहरुलाई नोक्सान हुने भन्दै पुरै सिटमा यात्रु चढाउन दिन माग गर्दै आएका थिए । दशैंमा यात्रुको चाप हुने र सरकारी नियमले यात्रुलाई नै सास्ती हुने अवस्था भएपछि मन्त्रिपरिषद्ले आफ्नो पूर्वनिर्णयमा सुधार गरेको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले विभागलाई सबै सिटमा यात्रु राखेर यात्रा गर्ने वा पुरानो भाडादर कायम गर्ने विषयमा पत्र वा जानकारी नआएको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले पनि भाडादर घटाउने बारेमा कुनै पत्र वा निर्देशन नआएको बताए ।

लकडाउन पछि आन्तरिक हवाई उडान सुरु हुने समयमा सिट क्षमताको आधामात्रै यात्रुलाई यात्रा गाराउने नियम लगाउन खोजिएकोमा वायुसेवा सञ्चालकहरुको विरोधपछि सरकारले सबै सिटमा यात्रु राखेर उडाउन पाइने व्यवस्था गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »