सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौँ। प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ ।

कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।

बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।

ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए । उनले भने, ‘साइबर ब्युरो तथा अरूले पनि उनीहरूलाई खोज्दैछ ।’

घटनाबारे छानबिन भइरहेको बताउँदै एसएसपी कडायतले उनीहरुमाथि कुन मुद्दा चलाउने भन्नेबारे पक्राउ परेपछि थाहा हुने बताए । केही समयअघि माइतीघरमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर सांकेतिक विरोध भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »