सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका जिल्लाहरूमा अझै कडाइ गर्ने सरकारको तयारी

काठमाडौँ। सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा कडाइ गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयलगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लकडाउनकै विकल्प अँगाल्न सुझाव दिएका थिए । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेको र बाहिर आइनसकेको उनले बताए। सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा जिल्लाको डीसीसीएमसीमा स्थितिको विश्लेषण गरेर आवश्यक काम गर्ने सरकारको तयारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »