सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारीहरुमा कोरोना देखिएपछि पर्यटन बोर्ड अनिश्चित कालका लागि सिल

काठमाडौँ। नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ ।

बोर्डमा गत असोज २५ र २६ गते केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा कोरोना संक्रमणको जोखिम भएकाले ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।

साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »